Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल वायुसेवा निगमको जहाज इन्जिन फेर्न इजरायल पठाइयो

नेपाल वायुसेवा निगमको जहाज इन्जिन फेर्न इजरायल पठाइयो

  • काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो न्यारोबडी ए–३२० हाजको इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले इन्जिन मर्मत तथा भाडा सम्बन्धी विषय टुंग्याउँदै जहाज इजरायल पठाएको हो ।

    onlinepatrika
    Arghakhachi

    निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, इन्जिन मर्मत तथा भाडा खर्च सम्बन्धी विषयमा निगम र इजरायलस्थित 'इजरायल एरिस्पेस इन्डस्ट्रिज'बीच समझदारी भएको छ । यो समझदारी दुई पक्षबीच मौजुदा रहेको 'मेन्टेनेन्स विथ लिज सपोर्ट' सम्झौताकै आधारमा वार्तामार्फत सम्पन्न भएको निगमले जनाएको छ ।

    AGNI GROUP

    समझदारी अनुसार निगमको उक्त जहाज डिसेम्बर २८ मा काठमाडौँबाट दुबईको नियमित उडान भरेर गएको छ । दुबईबाट उक्त जहाज डिसेम्बर २९ मा इजरायलको तेल अविब पुग्ने कार्यक्रम तय गरिएको छ ।

    इजरायलमा इन्जिन जडान तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा भएपश्चात् आगामी जनवरी महिनाको दोस्रो साता जहाज इजरायलबाट नेपाल फिर्ता ल्याउने तालिका रहेको निगमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij