Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सरकारले ७ सचिवको सरुवा गरेको छ ।
पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरेको छ । गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ ।
यस्तै लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ल्याइएको छ ।
युवा तथा खेलकुद सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।लम्सालको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij