Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ क’ जारी गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । सोमबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८३ पुस १४ गतेलाई तोकिएको छ ।
बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ । यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने र ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ ।
ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था ९काउण्टरपार्टी० मात्र सहभागी हुन पाउने छन् । काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा ४ अंकसम्म० उल्लेख गर्नु पर्नेछ ।
आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij