Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कर्मचारीलाई सेवा प्रवाह र सुशासनमा ध्यान दिन गृहमन्त्रीकाे निर्देशन

कर्मचारीलाई सेवा प्रवाह र सुशासनमा ध्यान दिन गृहमन्त्रीकाे निर्देशन

  • काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिए ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक सूचना प्रणाली तथा टोकन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

    AGNI GROUP

    उनले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरुले पनि जेनजी पुस्तालाई चुनौतीको रुपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।

    सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उनको भनाइ छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij