Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुनिता डंगोलको नामबाट फेक अकाउन्ट बनाएर ठगी

सुनिता डंगोलको नामबाट फेक अकाउन्ट बनाएर ठगी

  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नामबाट ह्वाट्स एप एकाउन्ट बनाई स्क्याम गरेको पाइएको छ । उनले केहीबेरअघि सामाजिक सञ्जालमार्फत् स्क्रिनसटसमेत राख्दै त्यो खाता र नम्बर आफ्नो नभएको भन्दै सचेत गराएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    स्क्यामरले आफूलाई अप्ठ्यारो परेको भन्दै ई-सेवाको क्यूआर पठाएर पैसा मागेका छन् ।

    AGNI GROUP

    सुनिताले आफूले नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराएर कानूनी प्रक्रिया अघि बढाइसकेको भन्दै कुनै पनि आर्थिक कारोबार नगर्न र ठगीको सिकार नबन्न अनुरोध गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन । कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस् ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij