Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    AGNI GROUP

    यसैगरी, आज राति देशका तराई भूभागमा हुस्सु लाग्नेछ । कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाले तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij