Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५ को विन्दुमा कायम भएको छ ।
आज १११ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब २२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको १४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.३२ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij