Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रमा राप्रपाबाट उम्मेदवार सिफारिस

ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रमा राप्रपाबाट उम्मेदवार सिफारिस

  • काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएका छन् । राप्रपाका सम्वन्धित क्षेत्रीय कमिटीहरुले उनलाई सिफारिस सुचीमा समावेश गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जुम्ला जिल्लाबाट प्रत्यक्षतर्फ शाहीको नाम एकल सिफारिस भएको छ । शाहीले यसअघि पनि जुम्लाबाट अत्यधिक मतले जितेका थिए । जुम्लाका कार्यवाहक अध्यक्ष देवीकृष्ण न्यौपानेले राप्रपाको सचिवालयलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गरेका छन् । उनले समानुपातिकतर्फ १४ जनाको नाम पठाएका छन् ।

    AGNI GROUP

    ललितपुर १ को क्षेत्रीय कार्यसमितिले शाहीलाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा राखेर सिफारिस केन्द्रमा पठाएको छ । शाहीबाहेक परशुराम सिलवाल र रविन घिमिरेलाई सिफारिस गरिएको छ । ललितपुर १ का राप्रपा अध्यक्ष विक्रम लामाले गरेको सिफारिसको बोधार्थ जिल्ला कार्यसमितिलाई पनि दिइएको थियो ।

    भक्तपुरबाट पनि शाहीको सिफारिस भएको जनाइएको छ । भक्तपुरका राप्रपा अध्यक्ष अर्जुन कार्कीले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ शाहीलाई  सिफारिस गरिएको जानकारी प्रेषित गरेका छन् ।

    सुर्खेत २ बाट पनि शाही पहिलो नम्बरमा सिफारिस भएका छन् । क्षेत्रीय अध्यक्ष कर्णबहादुर रेगामी मगरले जिल्ला कार्यसमिति सुर्खेतलाई पठाएको सिफारिसमा प्रत्यक्षतर्फ शाहीसहित ४ जनाको नाम छ ।

    रुपन्देही २ बाट गरिएको सिफारिसमा समेत शाही अटाएका छन् । क्षेत्रीय समितिका अध्यक्ष रामबहादुर थापाले जिल्ला कार्यसमितिलाई पठाएको पत्रमा प्रत्यक्षतर्फ सातौं नम्बरमा शाहीको नाम समावेश छ ।

    कञ्चनपुर २ बाट पनि आफूलाई उम्मेदवारका रुपमा सिफारिस गरिएको शाहीले जानकारी दिए । उम्मेदवारको अन्तिम टुंगो भने पार्टी केन्द्रले लगाउने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij