Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल ४५ हजार जरिवाना गरेको छ ।
विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौँलाई १५ हजार, पाककला प्रालिलाई १० हजार र इन्द्रेणी फुड वल्र्ड एण्ड व्याङ्केटलाई २० हजार जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो ।
यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ ।
विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij