Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ । यस लाभांश पारित गर्न कम्पनीले यही पुस ३० गते साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij