Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदीय बोर्ड पनि देउवाले नै गठन गर्ने !

संसदीय बोर्ड पनि देउवाले नै गठन गर्ने !

  • काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउन संसदीय समिति गठन गर्ने भएको छ । कांग्रेस विधानको दफा ३१ को घ मा केन्द्रीय संसदीय समिति गठनको व्यवस्था छ । संसदीय समितिको सभापति पार्टी सभापति नै रहने व्यवस्था छ । विधानमा संसदीय समिति उल्लेख भएपनि कांग्रेसवृत्तमा यो समितिलाई संसदीय बोर्ड भन्ने प्रचलन छ ।

    onlinepatrika
    Arghakhachi

    विधानमा संसदीय समिति गठन केन्द्रीय समितिले गर्ने उल्लेख भए पनि अहिलेलाई कार्यसम्पादन समितिमार्फत सभापति–कार्यबाहक सभापतिलाई समिति गठनको जिम्मेवारी दिने तयारी छ । ‘सभापति स्ल्यास कार्यवाहक सभापतिले सबैसँग परामर्श गरेर संसदीय समिति गठन गर्नेगरी कार्यसम्पादनले निर्णय लिनेछ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

    AGNI GROUP

    उनले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबैसँग परामर्श गरेर छिट्टै संसदीय समिति बनाउने सहमति बनिसकेको छ । यसअघि कांग्रेसले उम्मेदवारको आधिकारिक पत्रमा सभापति देउवाको हस्ताक्षर हुने व्यवस्था गरिसकेको छ । खड्कालाई कार्यवाहक जिम्मेवारी दिएपनि महत्वपूर्ण निर्णयमा देउवाको प्रभाव रहदै आएको छ ।

    कांग्रेस विधानले सभापतिको नेतृत्वमा रहने केन्द्रीय संसदीय समितिमा सबै पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था गरेको छ । त्यसबाहेक केन्द्रीय सदस्यमध्येबाट समावेशी आधारमा बढीमा ११ जनालाई संसदीय समितिमा राख्न सकिन्छ ।

    अघिल्लो निर्वाचनमा सभापति देउवाले आफू र पदाधिकारीबाहेक तत्कालीन नेता रामचन्द्र पौडेललाई मात्रै समितिमा राखेका थिए । यसपटक पदाधिकारीबाहेक डा।शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौंला, डा।शशांक कोइरालालाई समेत संसदीय समितिमा समेट्ने देउवाको तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij