Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेन–जी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएलगत्तै तत्कालीन प्रधानमन्त्रीको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्ने भएको छ । आयोगले मंगलबार लेखकलाई लेखेको पत्र उनलाई पठाएसकिएको प्रवक्ता विज्ञानराज शर्माले बताए ।
लेखकले बयान दिएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेखिने शर्माले बताए । ‘हामी पालैपालो उहाँहरुसँग कुरा गर्ने तयारीमा छौँ, पहिला तत्कालीन मन्त्रीज्यूसँग कुरा हुन्छ, त्यसपछि तत्कालीन प्रधानमन्त्रीज्यूलाई पत्र लेख्छौँ,’ उनले भने । जाँचबुझको काम सिध्याएर सरकारलाई प्रतिवेदन बुझाउने तयारी गर्नुपर्ने कारण छिटै काम सक्ने आयोगको सोच रहेको उनले बताए । ‘सत्यतथ्य जे हो, हामीले त्यही जानकारी सरकारलाई दिने हो, त्यसका लागि तत्कालीन समयका जिम्मेवार पदाधिकारीले सहयोग गर्दै आउनुभएको छ,’ उनले भने, ‘फेरि पनि अन्य पदाधिकारीज्यूहरुले त्यसरी नै सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’
यद्यपि, पत्र पठाइएको समाचार सुनेपछि तत्कालीन गृहमन्त्री लेखक बयानमा जाने कि नजाने भन्ने विषयमा परामर्श गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगको हैसियतमाथि नै प्रश्न उठाउँदै बयान दिन नजाने भन्दै आएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij