Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजारमा सामान्य अंकको वृद्धि

सेयर बजारमा सामान्य अंकको वृद्धि

  • काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार (८ पुस) सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन बजार ३.२७ अंक बढेर दोस्रो बजार मापक २५८४.४९ विन्दुमा बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस दिन ३२८ कम्पनीको कारोबार भएकामा १३४ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर छ । 

    AGNI GROUP

    ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ९२ हजार ७४६ पटक कारोबार हुँदा तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन (पुस ७) तीन अर्ब ५१ करोड ४९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । 

    कारोबारमा भएका कम्पनीमध्ये यस दिन एसवाई प्यानल, गुँरास लघुवित्त, सयपत्री हाइड्रो, ग्रामीण विकास लघुवित्त, लक्ष्मी भ्यालु फन्डको मूल्य सर्वाधिक बढ्यो । 

    यता, सिटिजन लाइफ इन्स्योरेन्स, सीवाईसी नेपाल लघुवित्त, पियोर इनर्जी, पोखरा फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले सबभन्दा धेरै घाटा व्यहोरे । समूहगत सूचकतर्फ विकास बैंक, लगानी, जीवन बिमा, म्युचअल फन्ड र निर्जीवन बिमा सूचक घटेका छन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij