Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राहदानी विभागलाई ३ लाख ९६ हजार थान प्राप्त

राहदानी विभागलाई ३ लाख ९६ हजार थान प्राप्त

  • काठमाडौँ । राहदानी विभागले अन्तरिम अवधिका लागि ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको छ । विभागले ७ लाख राहदानी आपूर्तिका लागि भएको सम्झौता अन्तर्गत ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    राहदानी आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वितरण गर्ने जनाएको छ । विभागले जिल्ला र इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कार्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी यस अघिकै सूचना अनुसार पठाई सकिएको र मङ्सिर १५ सम्म आवेदन दिने आवेदकहरूको राहदानी छपाई गरी यही पुस १५ भित्र विभागबाट पठाउने व्यवस्था गरिएको जनाएको छ ।

    AGNI GROUP

    त्यस्तै मङ्सिर १५ गते पछि आवेदन दिने आवेदकहरूको राहदानी साबिक बमोजिम पौष १५ पछि क्रमशस् छपाई गरी पठाइने व्यवस्था मिलाइने र विदेश स्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा छपाई गरी पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

    त्यस्तै राहदानी विभागबाट आवेदन दिन चाहने सेवाग्राहीका लागि माग अनुसार पर्याप्त राहदानी आवेदन स्लट उपलब्ध गराउने व्यवस्था मिलाइएको र साबिककै हिसाबमा सामान्यतस् २ कार्य दिन भित्र राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij