Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्व राज्यमन्त्री बिमला बिक नेकपा (एमाले)को हालै सम्पन्न ११औँ महाधिवेशनबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवार बनेकी बिकले भारी मतान्तरका साथ विजय हासिल गरेकी हुन् ।
महाधिवेशनमा कुल २ हजार २६३ मतदाता रहेकोमा २ हजार २७ मत खसेको थियो । तीमध्ये बिकले १ हजार ९६२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेकी हुन् ।
बर्दियाकी बिक २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद निर्वाचित भएकी थिइन्। सांसदका रूपमा उनले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै बिकले जिम्मेवारी अझ बढेको महसुस भएको बताएकी छिन् । उनले विगतमा जस्तै पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने र आगामी दिनमा नेकपा (एमाले) लाई देशकै एक नम्बरको पार्टी बनाउन सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij