Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ओली र लेखकलाई जाँचबुझ आयोगले बयानमा बोलाउने तयारी

ओली र लेखकलाई जाँचबुझ आयोगले बयानमा बोलाउने तयारी

  • काठमाडौँ । जेन जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले ओली र लेखकलाई पत्र पठाएर बयानमा बोलाउने तयारी गरेको हो । आयोगले उनीहरूलाई २/३ दिनको म्याद राखेर आजभोलि नै पत्र पठाउने तयारी भइरहेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।

    AGNI GROUP

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा आफू बयान दिन नजाने बताउँदै आएका छन् । यस अघि राष्ट्रिय मानवअधिकार आयोगले समेत तत्कालीन गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी,पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, काठमाडौँ महानगरका प्रमुख बालेन शाहलगायत १४६ जनासँग सोधपुछ गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij