Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि–बालेन भेटवार्ता सकारात्मक

रवि–बालेन भेटवार्ता सकारात्मक

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको भेटवार्ता सकारात्मक भएको निकट नेताहरूले बताएका छन् । रास्वपाका पूर्व सांसद अशिम शाहको कमलपोखरीस्थित निवासमा भएको उक्त भेटमा मेयर शाहको रास्वपामा प्रवेश, पावर सेयरिङ तथा फागुन २१ गते हुने निर्वाचनमा सहभागिताबारे विस्तृत छलफल भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भेटवार्तामा मेयर शाहसँगै सुनिल लम्साल तथा रास्वपाका उपसभापति डिपी अर्याल सहभागी थिए । स्रोतका अनुसार बैठकमा बालेन शाहले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा आफूलाई अघि सार्नुपर्ने र फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट आफ्नै टिमको समन्वयमा हुनुपर्ने प्रस्ताव राखेका थिए ।

    AGNI GROUP

    त्यसका साथै दुवै नेताबीच शक्तिको बाँडफाँड र भावी राजनीतिक यात्राका विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ । वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने विषयमा सहमति खोज्ने प्रयासका साथै दीर्घकालीन राजनीतिक सहकार्यबारे पनि संवाद भएको स्रोतको भनाइ छ । भेटवार्ता करिब तीन घण्टा एक्लाएक्लै चलेको थियो ।

    वार्ता सकिएपछि राति करिब १ बजे दुवै नेता एउटै गाडीमा निस्किएका थिए । भेटका क्रममा सभापति लामिछानेले बालेन शाहलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न आग्रह गर्दै त्यसपछि पार्टीको मुख्य नेतृत्वमा ल्याउन आफूलाई कुनै समस्या नहुने प्रस्तावसमेत राखेको स्रोतले जनाएको छ ।

    यसअघि नै रास्वपाका नेताहरू स्वर्णिम वाग्ले र शिशिर खनालसँग बालेनका निकट सल्लाहकार कुमार वेनबीच यस विषयमा पटक–पटक छलफल भइसकेको पनि स्रोतले जनाएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij