Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

५ महिनामा ८ खर्ब ८२ अर्बको वैदेशिक व्यापार

५ महिनामा ८ खर्ब ८२ अर्बको वैदेशिक व्यापार

  • काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि मंसिरसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

    onlinepatrika
    Arghakhachi

    यो व्यापार गत आवको सोही अवधिको २०.०७ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

    AGNI GROUP

    यस अवधिको वैदेशिक व्यापारमा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड एक लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको थियो ।

    भन्सार विभागका अनुसार चालू आवको पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५.८३ प्रतिशत बढी हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    त्यस्तै, यस अवधिमा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशत बढी हो । त्यसबेला ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

    चालू आवको साउनदेखि मंसिरसम्म फलाम, कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, एलपी ग्यास, स्मार्टफोन सबैभन्दा बढी आयात भएको छ । उच्च आयात भएको भटमासको तेल प्रशोधित बढी निर्यात भएको छ । यसबाहेक अलैँची, गलैँचा, सूर्यमुखीको तेल, पाम तेललगायत सर्वाधिक निर्यात भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij