Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ ।
आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ४ अर्ब ५२ करोडको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको सेयर कारोबार भएको छ । यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बराही हाइड्रोपावर कम्पनीको ११ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij