Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सरकारले गर्‍यो सम्मान

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सरकारले गर्‍यो सम्मान

  • काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले घाइते भएका चार जना पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

    AGNI GROUP

    आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो ।

    मन्त्री खरेलले घाइते पत्रकारहरू रोजगारबिहीन भए पत्रकार महासंघले उनीहरूलाई कुनै नै कुनै सञ्चारमाध्यममा रोजगारीको पहल गर्नुपर्ने बताए । सो क्रममा घाइते पत्रकारहरूले आफूहरूलाई विभेद नगर्न सरकारसँग आग्रह गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij