Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कर्मचारीमाथि आक्रमण घटनाप्रति ज्योति विकास बैंकको ध्यानाकर्षण

कर्मचारीमाथि आक्रमण घटनाप्रति ज्योति विकास बैंकको ध्यानाकर्षण

  • काठमाडौं । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  बैंकका अनुसार ऋणीसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएका कर्मचारीहरूमाथि नियन्त्रणमा राखी आक्रमण गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकको शाखाबाट ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा टेलिफोनमार्फत सहमति भएपछि क्षेत्रीय कार्यालय बर्दिबासका दुई कर्मचारी छलफलका लागि फर्म रहेको स्थानमा पुगेका थिए । तर त्यहाँ पुगेपछि फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई दुव्र्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको बैंकको दाबी छ ।

    AGNI GROUP

    बैंकले उक्त घटनामा बहालवाला उपमेयरसमेतको संलग्नता रहेको उल्लेख गर्दै सुनियोजित रूपमा घण्टौंसम्म कर्मचारीलाई नियन्त्रणमा राखिएको जनाएको छ । कर्मचारीहरूलाई धितो लिलामी स्थगनसम्बन्धी निर्णय केन्द्रीय कार्यालयबाट लिखित रूपमा उपलब्ध नगराए ज्यान लिने धम्की दिइएको र सुरक्षा निकायबाट सहयोग नपाएपछि बैंक बाध्य भएर पत्र लेख्नुपरेको बैंकले जनाएको छ ।

    ज्योति विकास बैंकले आफू नेपाल राष्ट्र बैंकको नीति, निर्देशन तथा प्रचलित ऐन–नियमको पालना गर्दै बैंकिङ कारोबार सञ्चालन गर्दै आएको राष्ट्रियस्तरको विकास बैंक भएको उल्लेख गरेको छ । बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र कर्मचारीहरू अराजक तथा आपराधिक गतिविधिको निशानामा पर्न थालेकोप्रति दु:ख व्यक्त गर्दै उक्त घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जनाउँदै बैंकले यस्ता आपराधिक गतिविधिविरुद्ध सधैं कडा रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij