Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मनाइयो आठौं राष्ट्रिय झण्डा दिवस

मनाइयो आठौं राष्ट्रिय झण्डा दिवस

  • काठमाडौं । विभिन्न कार्यक्रम गरी मंगलबार आठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको बसन्तपुरमा बिभिन्न कार्यक्रम गरि राष्ट्रिय झण्डा दिवस मनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

    AGNI GROUP

    सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । राष्ट्रिय झण्डाको सम्मानका लागि अग्रसर भएर दिवस मनाइएको उनले बताए ।

    प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसका साथै राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij