Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज राष्ट्रिय झण्डा दिवस मनाइदै

आज राष्ट्रिय झण्डा दिवस मनाइदै

  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइदै छ ।

    onlinepatrika
    Arghakhachi

    हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।

    AGNI GROUP

    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौँको बसन्तपुर डबलीमा विशेष कार्यक्रम गरेर राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।

    १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij