Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको महाधिवेशनको निर्वाचन तालिका सार्बजनिक, पुस १ गते मतदान

एमालेको महाधिवेशनको निर्वाचन तालिका सार्बजनिक, पुस १ गते मतदान

  • काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सार्बजनिक कार्यतालिका अनुसार आजै मतदाता नामावली सार्बजनिक गरिने भएको छ भने सोमबार बिहान  मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ ।

    AGNI GROUP

    त्यसपछि उम्मेदवारी दर्ता सोमबार बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

    मतदान पुस १ गते मंगलबार बिहना ११ बजेदेखि साँझ ५ बजेसम्म हुने छ भने मतगणना त्यसपश्चात हुने छ । आयोगले निर्वाचनका सबै कार्यक्रम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै हुने जानकारी दिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij