Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद

  • काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब बन्ने पार्टी संरचनाबारे जानकारी गराएका छन् । उनका अनुसार बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी रहनेछन् । यससँगै स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ । यी सबै गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।

    AGNI GROUP

    गौतमका अनुसार केन्द्रीय कमिटीको संरचनामा मात्र हेरफेर गरिएको हो, पार्टीको मूल राजनीतिक लाइन र नीतिमा भने कुनै परिवर्तन गरिएको छैन ।

    यसअघि तीन महिनाअघि गोदावरीमा सम्पन्न विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी रहने गरी २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij