Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रवणको पाइला

प्रवणको पाइला

  • दाङको गढवा जन्मिएका प्रवण भुसाल नेपाली चलचित्र क्षेत्रमा बिगत एक दशकदेखि सक्रिय छन् । नेपाली चलचित्र, ए के–४७, लुकामारी, मन्दिरा र घनचक्करलगायत सफल चलचित्रमा लोभलाग्दो अभिनय गरिसकेका भुसालले टेलि चलचित्र दृष्टि, बैकुण्ठ यात्रा–२ र राधाजस्ता सिरियलमा पनि उत्कृष्ट अभिनय देखाइसकेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भुसालले करिब २ दर्जन म्युजिक भिडियो, करिब २ दर्जन राष्ट्रिय अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनीको बिज्ञापनमा समेत देख्न सक्छौं । निरन्तर चलचित्र क्षेत्रमा कर्म गरिरहेका अभिनेता हुन् प्रवण भुसाल । चलचित्र ए.के –४७ बाट आफ्नो चलचित्रको यात्रा प्रारम्भ गरेका प्रवणको मृत्युकोष र चिठी प्रदर्शनको तयारीमा रहेका छन् । सफल नायकको रुपमा आफूलाई अघि बढाईरहेका प्रवणको टेलि चलचित्र “मालती“ हाल नियमित रुपमा प्रसारणमा छ ।

    AGNI GROUP

    नाटक, फेसन सो, मोडलिङ हुँदै चलचित्रमा पाइला राखेका प्रवणको चलचित्र “लुकामारी“ मा राजनपात्र निकै चर्चा बटुलेका थिए । उनी हालै मात्र क्वालिटी थाई फूडको बिज्ञापनमा देखिएका छन् भने  PTE वोर्क र विश्वास तोरीको तेलको ब्रान्ड एम्बेस्डर पनि हुन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट