Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको निर्वाचनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ ।
एमालेले बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि सम्झौता गरेको छ । विद्युतीय भोटिङ मेसिन अहिले एमाले पार्टी कार्यालय च्यासलमा नमुना भोटिङका लागि राखिएको छ ।
विद्युतीय भोटिङ मेसिनका निर्माणकर्ता लक्ष्मण रिमालले प्रशिक्षणस्वरूप भोटिङका लागि भोटिङ मेसिन अहिले च्यासलमा राखिएको जानकारी दिए । एमालेको महाधिवेशन भोलि (शनिबार)बाट सुरु हुँदै छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij