Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं-५ मा कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौं-५ मा कांग्रेसबाट ५ जनाको नाम सिफारिस

  • काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं-५ मा ५ जनाको नाम सिफारिस भएको छ ।

    onlinepatrika
    Arghakhachi

    फागुन २१ को प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुन कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा र सरिन घिमिरे शर्माको नाम सिफारिस भएको हो ।

    AGNI GROUP

    नेता पौडेल अघिल्लो निर्वाचनमा काठमाडौं-५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (विघटित) हुन् । नेतृ थापा नेपाल जेसिसकी राष्ट्रिय अध्यक्ष हुन् । उनी स्थानीय तह निर्वाचन २०७९ मा टोखा नगरपालिकामा मेयरको उम्मेदवार थिइन् ।

    सापकोटा यस अघि प्रदेशसभा सदस्यका उम्मेदवार थिए । पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविंघ) बाट उनले राजनीति सुरू गरेका थिए । सिफारिसमा परेका युवा नेता घिमिरे नेपाल तरूण दलका केन्द्रीय सदस्य हुन् । उनी पार्टीका महासमिति सदस्य पनि हुन् ।

    क्षेत्रीय सभापति श्यामबहादुर खड्काका अनुसार काठमाडौं-५ बाट समानुपातिकतर्फ श्रीविनोद भट्टराई, रमा गरागाईं, कृष्णकुमारी बस्नेत, अकला गुरूङ, कृष्ण थापामगर, राजेन्द्रमान जोशी र नीरविक्रम शाहको नाम सिफारिस गरिएको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij