Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दराज नेपालद्वारा आकर्षक उपहारसहित १२.१२ ग्राण्ड इयर एन्ड सेल घोषणा

दराज नेपालद्वारा आकर्षक उपहारसहित १२.१२ ग्राण्ड इयर एन्ड सेल घोषणा

  • काठमाडौं । दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ।

    onlinepatrika
    Arghakhachi

    यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ ।

    AGNI GROUP

    कम्पनीका अनुसार सेलमार्फत ग्राहकले ८०% सम्मको फ्ल्यास सेल, ७०% सम्मको मेगा डिल, र छानिएका सामानहरूमा नि:शुल्क ढुवानी सुविधाको फाइदापनि लिन सक्नेछन् । यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्ड मार्फत आकर्षक छुट पनि प्रबन्ध मिलाइएको छ ।

    सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१% सम्मको छुट, गोल्ड पार्टनर र्‍होटो, ब्राण्डहाउस र एईविबी मार्फत ६०% सम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५०% सम्मको आकर्षक छुटपनि उपलब्ध हुने जानकारी दिइएको छ ।

    यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ। क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ । यसका साथै, सिमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

    यस पटक, खल्ती वालेट प्रयोगकर्ताका लागि सेल अवधिभर १०% सम्म (अधिकतम रु. २००)को छुट लगायत अफरहरुको पनि ब्यवस्था गरिएको छ । यो सुविधामार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विस्वस्त रहेको छ ।

    दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरु जित्ने सुनौलो अवसरपनि प्रदान गर्ने भएको छ। एड टू कार्ट एन्ड विन र बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij