Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बिगो बराबरको रकम बुझाएर थुनामुक्त हुन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले दायर गरेको निवेदनउपर आज उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सुनुवाइ हुन सकेन । मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
मुद्दाको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको इजलासमा तोकिएको थियो । तर, न्यायाधीश सागर बिष्ट र लामिछानेको तर्फबाट वकालतनामा लेखाएका कानुन व्यवसायी शालिकराम पौडेल पूर्वसहकर्मी भएका कारण हेर्न नमिल्नेमा परेको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र छविलाल जोशीको मुद्दामा दुवैले बिगो बराबरको रकम बुझाएर थिनामुक्त हुन माग गरेका छन् । यही मागसित जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदन अस्वीकृत भएपछि उच्च अदालतमा पुनरावेदन गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij