Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । नेप्से ७.३९ अंकले बढेर २६१४ को विन्दुमा कायम भएकाे छ ।
नेप्से उपसमूहमा रहेका ९ समूह बढेका छन् भने ४ घटेका छन् । आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज पौने ४ अर्ब रुपैयाँको कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्ति लघुवित्तको मूल्यमा १० प्रतिशत तथा श्रीनगर एग्रीटेक र माथिल्लो खोला जलविद्युतको १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ ।
यो दिन हिमस्टार ऊर्जाका सेयरधनीहरुले सर्वाधिक गुमाए । यस कम्पनीको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक कारोबार ङादी ग्रुप पावरको ३१ करोड ९२ लाख रुपैयाँको भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij