Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जाँचबुझ आयोगले आज सशस्त्रका आईजीपी अर्यालको बयान लिने

जाँचबुझ आयोगले आज सशस्त्रका आईजीपी अर्यालको बयान लिने

  • काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमन र विध्वंसबारे जाँचबुझ गर्न गठित आयोगले आज मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    यसअघि आयोगले सशस्त्र प्रहरीको कार्य विभाग प्रमुख नारायणदत्त पौडेल र नम्बर ९ बाहिनी प्रमुख डीआईजी सुरेशकुमार श्रेष्ठको बयान लिएको थियो । 

    AGNI GROUP

    स्रोतका अनुसार, सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बयान सकेपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको बयान लिइने भएको छ । 

    जेनजी आन्दोलन हुँदा कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थिए । जेनजी आन्दोलन भएको दोस्रो दिन भदौ २४ गते उनलाई उपत्यका प्रहरी प्रमुख बनाएर पठाइएको थियो । उनले उपत्यका प्रहरीको कमान्ड सम्हालेकै दिन काठमाडौं उपत्यकासहित मुलुकभर विध्वंसात्मक गतिविधि भएको थियो । 

    चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा गएपछि सरकारले एआईजीको वरीयतामा पहिलो नम्बरमा रहेका कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । छानबिन समितिले तत्कालीन प्रहरी महानिरीक्षक खापुङको बयान यसअघि नै लिइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij