Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले खुलायो आवेदन

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले खुलायो आवेदन

आवेदन शुल्क २५ हजार

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आजदेखि आवेदन खुलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।

    AGNI GROUP

    पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ ।

    आर्थिक अभावले आवेदन शुल्क तिर्न नसक्ने अवस्थामा विपन्नताको परिचय पत्र, पार्टीको पालिका समितिको सिफारिस पत्र साथमा पेश गर्न भनिएको छ ।

    रास्वपाले विहीबार एक सूचनामार्फत् समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरू गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij