Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ राजदूतमध्ये ६ जनाले राजीनामा दिएका छन् ।
परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाइएका ११ राजदूतमध्ये ६ जनाले राजीनामा दिएकाे र उनीहरूकाे राजीनामा स्वीकृत भइसकेकाे मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।
रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, मलेसियाका लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिमल्सिना,अमेरिकाका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदुत कृष्णप्रसाद ओली, बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे र कतारका लागि नेपाली राजदुत रमेशचन्द्र पौडेलले राजीनामा दिएका हुन् ।
उनीहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij