Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले महानिर्देशक अधिकारी र पूर्वमहानिर्देशक मुरारी भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।

    AGNI GROUP

    ७ जनालाई प्रतिवादी बनाइएको भएपनि अधिकारी र पूर्वनिर्देशक भण्डारीमात्रै पक्राउ परेका छन् । अन्य ५ जना फरार छन् । अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ । 

    भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    ईआईए नगरी आयोजना निर्माण गरेको, निर्माणमा अनियमितता गरेकोलगायत कसुर स्थापित भएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij