Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नवलपुरमा थपिए नौ हजार मतदाता

नवलपुरमा थपिए नौ हजार मतदाता

  • काठमाडौं । नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार, कार्यालयबाट नाम दर्ता गराउने नयाँ मतदाताको संख्या तीन हजार १५३ छ ।  राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ६ हजार ८४ जनाले नाम दर्ता गराएका छन् । 

    AGNI GROUP

    यहाँ यसअघि दुई लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार गाउँपालिका–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । नवलपुरमा यसअघि ११३ मतदानस्थल थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij