Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी

कैलालीमा सुरक्षा गोष्ठी, गृहमन्त्री अर्यालको स्थानीयसँग प्रत्यक्ष छलफल

कैलालीमा सुरक्षा गोष्ठी, गृहमन्त्री अर्यालको स्थानीयसँग प्रत्यक्ष छलफल

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन गृहमन्त्री ओमप्रकाश अर्याल कैलाली पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको विषयमा भोलि  छलफल हुनेछ । त्यसका साथै अलवा प्रदेशको सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षाको विषयमा पनि प्रदेशको सुरक्षा निकायसँग गृहमन्त्रीले छलफल गर्न लागेका हुन् ।

    AGNI GROUP

    सुरक्षा गोष्ठीको लागी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा मन्त्रालयका सहसचिव र उपसचिवसँगै मन्त्री अर्याल धनगढी पुगेका हुन् ।

    आज दिउँसो गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि धनगढी पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    आज सीमा नाकाको अनुगमन गर्न कार्यक्रम रहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij