Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली कम्युनिष्ट पार्टीको आज विराटनगरमा एकता सन्देश सभा

नेपाली कम्युनिष्ट पार्टीको आज विराटनगरमा एकता सन्देश सभा

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा एकता सन्देश सभा गर्न लागेको छ  । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज पोखरामा सभा गर्ने भएको हो । 

    onlinepatrika
    Arghakhachi

    नेपाली कम्युनिष्ट पार्टीले यसअघि  शुक्रबार धनगढीमा, शनिबार दाङको देउखुरीमा र आइतबार गण्डकीको पोखरामा एकता सन्देश सभा गरेको थियो । 

    AGNI GROUP

    आज विराटनगरमा हुने सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    नेकपा माओवादी केन्द्रसहित विभिन्न १२ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।

    नेपाली कम्युनिष्ट पार्टीले उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौँमा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेत मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते,  प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते, संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँमा मंसिर २२ गते र बाग्मती प्रदेशको हेटौडामा मंसिर २३ गते एकता सन्देश सभा गर्ने जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij