Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेकपाको एकता सन्देश सभा आज पोखरामा

नेकपाको एकता सन्देश सभा आज पोखरामा

१७ गते काठमाडौं उपत्यकामा

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको उपत्यका विशेष प्रदेशले यही  मंसिर १७ गते एकता सन्देश सभा गर्ने भएको छ । सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन् ।

    onlinepatrika
    Arghakhachi

    एकता सन्देश सभामा उपत्यका विशेष प्रदेश समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य र प्रदेश अन्तर्गतका आयोगका सदस्य, विभागका सदस्य, महाशाखारशाखाका पार्टी सदस्यहरु सहभागी हुनेछन् ।

    AGNI GROUP

    गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन प्रदेशहरूमा एकता सन्देश सभा गरिरहेको छ ।

    पहिलो दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा, दोस्रो दिन लुम्बिनी प्रदेशको दाङको लमहीमा एकता सन्देश सभा भएको थियो ।

    नेपाली कम्युनिस्ट पार्टीले आज गण्डकीको पोखरामा सभा गर्दैछ । भोलि कोशी प्रदेशमा र मंसिर १७ गते उपत्यका विशेष प्रदेशमा हुँदैछ । १८ गते कर्णालीमा र २० गते मधेशमा सभा हुनेछ ।

    २१ गते प्रवास, २२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेशमा सन्देश सभा गर्ने तालिका तय गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij