Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्व एआईजी पोखरेल रास्वपामा, अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी

पूर्व एआईजी पोखरेल रास्वपामा, अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको पार्टी सचिवालयको बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारीमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई मनोनयन गर्ने निर्णय गरेको छ । पोखरेल आजै रास्वपा प्रवेश गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता मनिष झाका अनुसार बैठकले आयोगको सदस्यमा अधिवक्ता सुशीला सिंखडालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

    AGNI GROUP

    त्यस्तै बैठकमा संवाद समितिको तर्फबाट हालसम्म भएका प्रगतिहरू ब्रिफिङ भएको छ भने परिवर्तनका पक्षधर र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने राजनीतिक शक्तिहरूको ध्रुवीकरणको नेतृत्व गर्नेतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाई गरिरहेको र यसबाट छिट्टै आशा लाग्दा उपलब्धिहरू हुने छलफल गरेको प्रवक्ता झाले बताएका छन् । साथै विवेकशील साझा पार्टीको तर्फबाट पार्टी एकताका लागि भएको निर्णयको स्वागत गर्दै सो सम्बन्धमा पार्टी एकता घोषणा कार्यक्रम सहितको छलफल गर्न आजै बेलुका केन्द्रीय समितिको विशेष बैठक बस्ने निर्णय गरेको छ ।

    त्यस्तै रास्वपाले कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा सदस्यहरु प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सम्मिलित उम्मेदवार छनोट अडिट समिति गठन गरेको छ ।

    त्यस्तै रास्वपाले डा. जनक राज पन्त र कुमार आनन्द मिश्रलाई केन्द्रीय अभियान प्रचार प्रसार विभागको सदस्यमा, मुक्ति पाण्डे, रामकुमारी पुरीलाई केन्द्रीय पर्यटन तथा संस्कृति विभागको सदस्यमा, प्रदीप तिमल्सेना (साजन) र मिन्तिरा सुवेदीलाई केन्द्रीय संगठन विभागको सदस्यमा, पेशल सुवेदी र सुनिल खतिवडालाई केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभागको सदस्यमा, टक्कर स्वांरलाई केन्द्रीय भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागको सदस्यमा, प्रवेश राईलाई केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभागको सदस्यमा, हरि श्रेष्ठलाई केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागको सदस्यमा, जानीका जोशीलाई केन्द्रीय जनसम्पर्क विभागको सदस्यमा र रामकृष्ण श्रेष्ठलाई केन्द्रीय र्याट समन्वय विभागको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij