Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेसको मुख्यमन्त्री विवाद : आज पनि सकिएन बहस

मधेसको मुख्यमन्त्री विवाद : आज पनि सकिएन बहस

  • काठमाडौं । मधेस प्रदेश सरकार गठनको रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ राखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालत न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटको सुनुवाइ भएको थियो । तर सुनुवाइ नसिकएपछि आज पनि ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

    AGNI GROUP

    त्यसो त बिहीबार पनि सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथग्रहणको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो ।

    कात्तिक २३ गते मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    मुख्यमन्त्री यादवविरुद्ध परेको रिटको अब सुनुवाई आगामी मंसिर १५ गते सोमबारका लागि तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij