Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका छन् ।
धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुको ध्यान एमालेतर्फ पनि भएको भन्दै एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका हुन् ।
आफुहरुले पार्टीको नाम राख्दा पनि धेरै बिचार गरेर बनाएको भन्दै अब यसमा पुच्छर झुण्डाउन आवश्यक नरहेको बताए । प्रचण्डले भने- हाम्रो ध्यान एमाले तिर पनि त्यतिकै छ । एमालेभित्रका सबै देशभक्त सबै बामपन्थी क्रान्तिकारीहरु यहि नेपाली कम्युनिष्ट पार्टी भित्र एकताबद्ध हुनुपर्छ भन्ने ठानेका छौं ।'
प्रचण्डले एमाले भित्र रहेका सबै क्रान्त्रिकारीहरुलाई गम्भीर रुपमा विचार गरेर एकैठाउमा ध्रुविकृत हुन आव्हान गरेका छन् ।
प्रचण्डले जेनजी आन्दोलनमा युवाहरुले उठाएका मुद्धाहरु आफुहरुले उठाउदै आएका मुद्धा भएको दाबी गर्दै आफुहरुले तत्काल जेनजीको आन्दोलनको समर्थन गरेको बताए । प्रचण्डले जेनजी युवाहरुले नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो अभिभावक ठानेको दाबि गरे ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका छन् ।
धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुको ध्यान एमालेतर्फ पनि भएको भन्दै एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका हुन् ।
आफुहरुले पार्टीको नाम राख्दा पनि धेरै बिचार गरेर बनाएको भन्दै अब यसमा पुच्छर झुण्डाउन आवश्यक नरहेको बताए । प्रचण्डले भने- हाम्रो ध्यान एमाले तिर पनि त्यतिकै छ । एमालेभित्रका सबै देशभक्त सबै बामपन्थी क्रान्तिकारीहरु यहि नेपाली कम्युनिष्ट पार्टी भित्र एकताबद्ध हुनुपर्छ भन्ने ठानेका छौं ।'
प्रचण्डले एमाले भित्र रहेका सबै क्रान्त्रिकारीहरुलाई गम्भीर रुपमा विचार गरेर एकैठाउमा ध्रुविकृत हुन आव्हान गरेका छन् ।
प्रचण्डले जेनजी आन्दोलनमा युवाहरुले उठाएका मुद्धाहरु आफुहरुले उठाउदै आएका मुद्धा भएको दाबी गर्दै आफुहरुले तत्काल जेनजीको आन्दोलनको समर्थन गरेको बताए । प्रचण्डले जेनजी युवाहरुले नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो अभिभावक ठानेको दाबि गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij