Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विद्या भण्डारीको एमाले कार्यकर्तालाई अपिल- प्रतिनिधि छनोटमा उच्च जिम्मेवारीका साथ ध्यान दिनु

विद्या भण्डारीको एमाले कार्यकर्तालाई अपिल- प्रतिनिधि छनोटमा उच्च जिम्मेवारीका साथ ध्यान दिनु

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा शुभकामना दिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    भण्डारीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि ऐतिहासिक अवसर भएकाले आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय भएको बताएकी छन् । 

    AGNI GROUP

    उनले विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने विश्वास व्यक्त गरेकी छन् ।

    साथै भण्डारीले आफुले दुई वर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेकोप्रति गुनासो गर्दै महाधिवेशनमा भौतिक उपस्थिति नभएपनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    उनले भनेकी छन्- मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।'  

    एमालेले सकेसम्म सर्वसम्मत र सर्वसम्मत नभए मंसिर १३ गते देशैभर एकैदिन निर्वाचनमार्फत राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दैछ । मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने महाधिवेशनमा झण्डै २२ प्रतिनिधि सहभागी हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij