Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२७ प्रहरीलाई सोधियो स्पष्टीकरण

२७ प्रहरीलाई सोधियो स्पष्टीकरण

  • काठमाडौं । लामो समयसम्म आफूखुसी गैरहाजिर हुने २७ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ यता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेकाले उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको हो ।

    AGNI GROUP

    भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै उनीहरूलाई खोजी गरेको हो ।

    आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी छन् ।

    उनीहरूको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ ।

    सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने कारबाही हुने प्रधान कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij