Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नवलपरासीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो । घरायसी विवादमा छोराले गएराति बुबालाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट गम्भीर घाइते भएका निजको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij