Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाका प्रदेश इन्चार्जहरू जिम्मेवारीबाट मुक्त

रास्वपाका प्रदेश इन्चार्जहरू जिम्मेवारीबाट मुक्त

  •  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । फागुन २१ को निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इन्चार्जबाट पदमुक्त गरिएको रास्वपाले जनाएको छ । मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    अब प्रदेश इन्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने भएको छ । प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरिएकाहरूलाई निर्वाचन केन्द्रित गतिविधिमा लगाउने निर्णय पनि भएको छ ।

    AGNI GROUP

    रास्वपाले गत वैशाखमा सातै प्रदेशका इन्चार्ज तोकेको थियो । कोशीमा सन्तोष परियार, मधेसमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिम हरि ढकाल इञ्चार्ज तोकिएको थियो ।

    कोशी इञ्चार्जको जिम्मेवारीमा रहेका परियारले भने रास्वपा परित्याग गरिसकेका छन् । यस्तै, बैठकले कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय पनि गरेको छ । 

    रास्वपाले नयाँ र वैकल्पिक राजनीतिक शक्तिसँग एकता र सहकार्यलाई उच्च प्राथमिकतामा राख्दै सोहीअनुसार छलफल अघि बढाउने निर्णय पनि गरेको छ । 

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘जेनजी विद्रोहमा नैतिक समर्थन गने बाहेक सबै प्रतिगामी शक्तिलाई निर्वाचनबाटै परास्त गर्नेगरी पार्टीले सबै वैकल्पिक शक्तिसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ । यस विषयमा राजनीतिक संवाद समितिले निर्वाचन अयोगमा दर्ता भएका नयाँ दलहरूसँग छलफल जारी राखेको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij