Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस विषेश महाधिवेशन पक्षधरद्वारा काठमाडौंमा विषेश भेला गर्दै

कांग्रेस विषेश महाधिवेशन पक्षधरद्वारा काठमाडौंमा विषेश भेला गर्दै

  • काठमाडौं । नेपाली कांग्रेसको विषेश महाधिवेशन पक्षधरले आज काठमाडौमा विषेश भेलाको आयोजना गर्दैछ । दिउसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको आयोजक मध्येका नेता गुरुराज घिमिरेले जानकारी दिए । भेलामा काठमाडौं बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरु आउने बताइएकाे छ ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलन लगत्तै पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनाव अगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरुले नियमित महाधिवेशन नहुने संभावना देखेपछि विषेश महाधिवेशनको माग गरेका हुन् । उनीहरुले विषेश महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए ।

    AGNI GROUP

    कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिना भित्रका विषेश महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेकाले पुष २८ भित्र नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा कांग्रेस परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij