Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

  • काठमाडौं । सरकारले रक्षा सचिव सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने गरी उनलाई २८ औँ मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अहिलेका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पुगेसँगै मंगलबार रातिदेखि अवकासमा जान लागेका छन् । उनले करिब १५ महिना मुख्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

    AGNI GROUP

    नयाँ मुख्यसचिव सुमनराज अर्याल पनि २०८३ असार २६ गते ५८ वर्ष उमेर हद पुग्ने भएकाले त्यतिबेलासम्म मात्र सेवामा रहनेछन् ।
    मुख्यसचिवको प्रतिस्पर्धामा अन्य सचिवहरु पनि थिए, तर उनीभन्दा अर्याल करिब पाँच महिना सिनियर रहेकाले चयन भएका हुन् । उनी २०७७ माघ १९ गते सचिवमा बढुवा भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij