Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

  • काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरको अपराजित यात्रा कायम रहेको छ । अल नासरले गएराती सम्पन्न खेलमा अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अल नासरको जितमा जोआओ फेलिक्स, वेस्ली, साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । यस खेलमा रोनाल्डोले गरेको बाइस्कल गोल सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । त्यस्तै अल खालीजका लागि मुराद अल हवसावीले गरेका थिए ।

    AGNI GROUP

    यो जितसँगै अल नासर साउदी लिगको यस सिजनमा अपराजित रहेको छ । अल नासरको ९ खेलमा २७ अंक रहेको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै अल खालीजको ९ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij