Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ललितपुरको बालकुमारीस्थित सडकमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको
छ ।
ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ५९३१ नम्बरको जिपको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij